शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौँ- उपाध्यक्ष मोहन वैद्य पक्षको अनुपस्थितिमा बसेको
एनेकपा माओवादी संस्थापन पक्षको बैठकले शान्ति र संविधानमा वैद्य पक्षले राखेको असहमतिका बावजुद यो लाइनलाई अघि बढाउने निर्णय गरेको छ । संस्थापन पक्षका केन्द्रीय समिति सदस्यहरुको पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले जनपरिचालनको कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
“वैद्य पक्षको अनुरोधअनुसार हामीले हाम्रो पक्षको मात्रै बैठक गर्ने निर्णय गरेका हौँ”, संस्थापन पक्षका नेता वर्षमान पुनले बताए ।
बैठकले चैत २४ को जनआन्दोलन दिवस र वैशाखमा पार्टी वार्षिकोत्सव र मे दिवसको जनपरिचालन कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
वैद्य पक्षले प्रमाणिकरणमा नपरेका लडाकुहरुलाई साथमा लिएर सडकमा जाने कार्यक्रम बनाएपछि संस्थापन पक्षले पनि त्यसलाई चुनौति दिँदै त्यस्ता लडाकुहरुको छुट्टै संगठन बनाउने निर्णय गरेको छ । सो संगठनमा स्वेच्छिक अवकाश रोजेका लडाकुहरु पनि रहनेछन् । यो संगठनले शान्ति र संविधानको अभियान सुरु गर्नेछ ।

तपाईको प्रतिक्रिया