शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं– माओवादी महासचिव रामबहादुर थापा ‘बादल’ले जेठ १४ मा संविधान नबन्ने दाबी गर्दै सैन्य तयारी गर्न निर्देशन दिएका छन् ।
उपाध्यक्ष मोहन वैद्य समूहको गोप्य प्रशिक्षणमा बादलले संविधान बन्ने सम्भावना शुन्य रहेको बताउँदै जनपक्षीय संविधान बनाउन पहल गरिरहेको बताए । उनले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईले जनताको मुद्दा क्रमशः बिर्संदै गएको बताएको एक नेताले जानकारी दिए ।
बादलले आफ्नो समूहले सम्मानजनक सेना समायोजन, जनपक्षीय संविधान र वास्तविक शान्तिका लागि देशभर अभियान तीब्र पार्ने जानकारी दिए । उनले प्रचण्ड, सुशील कोइराला र झलनाथ खनालले मुलुकलाई शान्ति दिन नसक्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया