शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
‘महन्थबाहेक सवै मधेसी नेता लुटमा’
काठमाडौं– मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का बहुमत ८ सभासद्को सिफारिसमा प्रधानमन्त्री बाबुराम भट्टराईले कृषि तथा सहकारी मन्त्रालयबाट बर्खास्त गरेपछि नन्दनकुमार दत्त के भन्छन् ?
प्रधानमन्त्रीले सोमबार राति अकस्मात बर्खास्त गरे । बर्खास्तमा परे पनि शान्ति र संविधानका लागि दुई महिनामात्र रहेको अवस्थामा सरकार परिवर्तनको पक्षमा म छैन । शान्ति र संविधानको काम पुरा गर्न दुई महिनामात्र समय बाँकी रहेको अवस्थामा सरकार ढाल्न लागेर म बदनामीको भागिदारी बन्न चाहन्न ।
आफूलाई सफाइको लागि एक मिनेट पनि समय दिइएन । सफाईको मौका दिएको भए आफै राजीनामा दिन्थेँ । प्रधानमन्त्रीले अबैधानिक रुपमा मलाई बर्खास्त गर्न लागेको थाहा पाएर मैले प्रधानमन्त्रीलाई सफाईको मौका दिनुस् भनेको थिए तर मौका नै नदिई हटाउनुभयो । मैले बर्खास्त भनिएकोमा राजीनामा दिएर त्यसलाई सच्याउन चाहेको थिएँ ।
संसदीय दलको नेताको अनुपस्थितिमा उपनेताले संसदीय दलको बैठक बोलाउनु पर्नेमा अवैद्य रुपमा बैठक बसेर मलाई हटाइयो । उपनेता म आफैँ हुँ ।
प्रधानमन्त्री सत्ता टिकाउन अनैतिक रुपमा जे पनि खेल खेल्न तयार छन् । मधेसी मोर्चाका चार अध्यक्षलाई खुसी पारेर प्रधानमन्त्री आफ्नो सत्ता टिकाउने खेलमा छन् ।
मधेसी मोर्चामा तमलोपाका अध्यक्ष महन्थ ठाकुरबाहेक सबै नेताहरु कुनै न कुनै बहानामा सत्तामा टिकेर मुलुकलाई लुटखसोट गर्न लागेका छन् । अब म सत्तामा टाँसिरहने यस्ता नेताहरुको भण्डाफोर गर्छु ।
बर्खास्ती पछि आफूलाई सार्वजनिक रुपमा नबोल्न पटक पटक धम्कि आइरहेको छ । जस्तो सुकै परिस्थितिमा पनि आफू अन्याय सहेर बस्दिन । प्रधानमन्त्रीमा क्षमता, अनुभवको कमीका साथै निहीह हुनुहुन्छ । मधेसी नेताहरुको चरित्र हत्या गरेर समाप्त गर्ने षडयन्त्रमा लागेको थाहा पाएको छु ।
पार्टी भईरहेको षडयन्त्र र अबैद्य कामको विरुद्ध आफूहरु पार्टीको केन्द्रीय कमिटिको बैठक बोलाउने तयारीमा छु । पार्टी अध्यक्ष जेपी गुप्ता जेल गएको तीन दिनदेखिनै आफू विरुद्ध षड्यन्त्र सुरु भएको थियो । अहिले मन्त्री पदको लागि पार्टी भित्र ठूलो सौदावाजी भइरहेकोले छ । त्यसको गम्भीर अनुसन्धान गर्न अख्तियारलाई आग्रह गर्दछु ।  बैद्यानिक ढंगले हटाएको भए उचित हुने थियो ।  टाउको गनेर गरिएको वर्खास्ती लोकतन्त्रको मान्यता विरुद्ध छ ।

तपाईको प्रतिक्रिया