शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
विराटनगर – नेकपा एमालेको भ्रातृ संगठन युथफोर्सले शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘चपली हाईट’ को प्रदर्शनमा अवरोध गरेको छ ।
सेन्सर बोर्डले नै वयस्कहरुले मात्र हेर्ने सर्टिफिकेट दिएको चपली हाईटले अश्लिलता निम्त्याएको भन्दै युथफोर्सले विराटनगरको हिमालय टाकिजमा चलचित्रको प्रदर्शनमा अवरोध गरेको हो ।
मंगलवार दिउँसो ३ बजेको शो सुरु हुनै लाग्दा पुगेको युथफोर्सका कार्यकर्ताले चलचित्र प्रदर्शनमा अवरोध गरेका थिए । तर पछि युथफोर्स कार्यकर्ता र हल संचालकबीच सहमति भएपछि ३ बजेको शो आधाघण्टापछि सुरु गरिएको छ । सेन्सर बोर्डको सर्टिफिकेट अनुसार वयस्कलाई मात्र चलचित्र देखाउने प्रतिवद्धता हल सञ्चालकले गरेपछि चलचित्र प्रदर्शन गर्न दिईएको युथ फोर्स विराटनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया