शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
अमेरिका- अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा आफ्ना एक सैनिकले जथाभावी गोली चलाएर १६ जनाको हत्या गरेको घटनाप्रति दु:ख व्यक्त गर्दै माफी मागेका छन् ।
अफगानी राष्ट्रपति हमिद कारजाईलाई टेलिफोन गरी ओबामाले मारिएका परिवाजनप्रति समवेदना प्रकट गरेको जनाइएको छ । घटनाको निन्दा गर्दै उक्त सैनिकलाई कडा कारबाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार कान्दहारस्थित तीन सर्वसाधारणको घरमा प्रवेश गरी एक अमेरिकी सैनिकले नौ बालबालिकासहित १६ जनाको हत्या गरेका थिए । घटनामा पाँचजना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया