बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं- संवैधानिक समितिअन्तर्गत गठित विवाद उपसमितिका सदस्य माधवकुमार नेपालले नागरिकता कुपन बाँडेजस्तो बाँडिने वस्तु नभएको बताएका छन् । ‘नागरिकता कुपन बाँडेजस्तो बाँडिने वस्तु होइन, यसमा राज्य संवेदशील बन्नुपर्छ’, उनले भने ।
व्यवस्थापिका संसद्, मौलिक अधिकार तथा निर्देशक समितिको संयोजकत्वमा उपसमितिका सदस्यहरुसँग महिला अधिकारकर्मीको नागरिकताको विषयमा आज आयोजित अन्तर्क्रियामा सदस्य नेपालले नागरिकता राष्ट्रियतासित सम्बन्धित रहेकाले यसमा संवेदनशीलता अपनाउनुपर्ने धारणा राखेका हुन् ।
अर्का सदस्य लक्ष्मणलाल कर्णले नागरिकताको समस्या मधेसीको मात्र समस्या हो भन्ने गलत भावना र बुझाइलाई त्याग्न आवश्यक भएको बताए ।
सो अवसरका महिला अधिकारकर्मीहरुले आमाका नामबाट पनि नागरिकता लिने प्रक्रियालाई सरलीकृत बनाउन आवश्यक रहेको विचार राखेका थिए।

तपाईको प्रतिक्रिया