बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
दमक- एमाले नेता केपी शर्मा ओलीले सरकारलाई अझै घेराबन्दी पार्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईले विपक्षी दलहरुले सरकारलाई घेराबन्दीमा पारेर असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएकै भलिपल्ट ओलीले सरकारलाई अझै घेराबन्दी पारेर राजीनामा गर्न बाध्य पार्नुपर्ने बताए ।
प्रेस चौतारी झापाले सोमबार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले घेराबन्दीकै चरणमा राजीनामा दिएर सहज बहिर्गमन नगरे बहुमत सभासद्को हस्ताक्षरले सरकार ढाल्ने चेतावनी दिए । सरकारले मोटो रकम लिएर अपराधी, तस्कर र डाँका अभियोगमा जेलमा रहेकाहरुको मुद्दा फिर्ता लिएको दाबी गरे ।
माओवादीले नेपाली सेनामा खेल्ने दाउ सैन्य रणनीतिसामू नटिकेको ओलीको टिप्पणी थियो ।

तपाईको प्रतिक्रिया