शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
रुकुम- एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य जनार्दन शर्माले माओवादी मात्रै सत्ताको ठेकेदार नभएको बताएका छन् । सत्तामोहले मात्र माओवादीले सरकारको नेतृत्व नगरेको बरु शान्ति प्रक्रिया र नयाँ संविधान जारी गर्नु उसको उद्देश्य रहेको उनले बताए ।
दलीय सहमति भए माओवादी सत्ताको ठेकेदार नहुने बताए । सवै राजनीतिक दलहरूको सहमतिले राष्ट्रिय सरकार गठनका लागि आफ्नो पार्टी जतिबेला पनि तयार भएको भन्दै माओवादी नेता शर्माले त्यसका लागि कांग्रेस र एमालेका नेता पनि उत्तिकै जिम्मेवार हुनुपर्ने वताए ।
‘माओवादी एक्लैको प्रयासले मात्र शान्ति प्रक्रिया टुंगोमा पुग्न सक्दैन र  नयाँ संविधान पनि बन्न सक्दैन,’ रुकुम जिल्लाको पाँचौं जिल्ला परिषद उदघाटनका अवसरमा गृहजिल्ला रुकुम पुगेका नेता शर्माले भने, ‘संक्रमणकाल अन्त्यका लागि शीर्ष नेताहरूको बहुपक्षीय र त्रिपक्षीय बैठकले निष्कर्ष निकाल्नेमा हाम्रो पार्टी विश्वस्त छ ।’ ***

तपाईको प्रतिक्रिया