बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024
काठमाडौं- त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कांग्रेस भातृ संगठन नेविसंघले कालो झन्डा देखाएको छ । प्राध्यापक संघको अन्तरक्रियामा भाग लिन त्रिवि कीर्तिपुर पुगेका उनलाई विद्यार्थीको समूहले कालो झन्डा देखाएको हो ।
विश्वविद्यालय क्याम्पसमा उत्कृष्ठता केन्द्र निर्माण अवधारणा र योजना बारे अन्तरक्रिया कार्यक्रममा भाग लिन प्रधानमन्त्री विश्वविद्यालय आउने थाहा पाएपछि बिहानैदेखि विद्यार्थीले कालोझन्डा देखाउने तयारी गरेका थिए ।
नेविसंघ स्ववियु चुनावको माग गर्दै आन्दोलनमा छ । ‘ भोलि चुनाव घोषणा नभए योभन्दा कडा कार्यक्रम आउनेछ’, नेविसंघ नेता नैनसिंह महरले भने ।
स्ववियु चुनाव मिति घोषणा माग गर्दै नेविसंघले हिजो त्रिवि उपकुलपति तथा रजिष्ट्रारलाई २ लाख विद्यार्थीको हस्ताक्षर बुझाएको थियो ।

तपाईको प्रतिक्रिया