शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – बुधबार साँझ टोकियोको शिबुयामा खाद्य, कृषि, वन तथा मत्स्यपालन सम्बन्धि बर्षभरि चल्ने एक मेलाको समुदघाटन समारोह सम्पन्न भयो । पूर्वी जापानमा आएको महाभूकम्प तथा सुनामी घटनाको पहिलो बार्षिकीको अवसरमा आयोजित सो कार्यक्रममा प्रभावित क्षेत्रको पुनर्निमाणमा सहयोग गर्न रिकभरी कन्सर्ट पनि प्रस्तुत गरियो ।

जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालय अन्तर्गतको खाद्यान्न उद्योग ब्यूरोको आयोजनामा शिबुयास्थित सेरुलियन टावर टोक्यू होटलमा भएको सो मेलाको कृषि, वन तथा मत्स्यपालन मन्त्री कानो मिचिहिकोले उदघाटन गरेका थिए । समुदघाटन भाषणकोक्रममा कृषिमन्त्री मिचिहिकोले कृषिमा आधारित स्वदेशी उत्पादनहरुको प्रबर्द्धन र प्रोत्साहन गर्नमा यस्ता फेष्टिबलहरु उपयोगीसिद्ध हुने बताए । गत वर्षको महाभूकम्प र सुनामीबाट मर्माहत बन्न पुगेका जापानी जनताहरु अत्यन्त संयमित भएर तत्कालिन संकटको सामना गर्न संभव भएको बताए । भूकम्प तथा सुनामीका कारण जापानले धेरै कृषिजन्य भू-भाग गुमाउन परेको बताउँदै त्यस क्षेत्रका जनताहरुको उद्वार कार्यमा प्राप्त सहयोगका लागि जापान सरकारको तर्फबाट सम्बन्धित सबैप्रति धन्यबाद ब्यक्त गरे । सो अवसरमा उनले क्षतिग्रस्त क्षेत्रको पुननिर्माणका लागि जापान सरकार कटिबद्ध भएर लागिपरेको बिचार ब्यक्त गरे ।

सो अवसरमा कृषिमा आधारित बिभिन्न जापानी खानेकुराहरु बनाउने तरिकाबारे सम्बन्धित बिज्ञहरुले जानकारी गराएका थिए भने जापानमा कृषिजन्य उत्पादनको अवस्था, बन तथा जंगलको स्थिति, मत्स्यपालनको अवस्था बारे कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका सचिवले प्रकाश पारेका थिए ।

सो अवसरमा बिश्वप्रसिद्ध संगीतकार वेलरी जर्जियभको बिशेष आकर्षण रहेको रिकभरी म्युजिक कन्सर्ट पनि प्रस्तुत गरियो । सो अवसरमा बोल्दै जर्जियभले भूकम्प तथा सुनामी घटनामा परी ज्यान गुमाउन पुगेका हजारौं ज्ञातअज्ञात आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै जापानमा आईपरेको दैवीप्रकोपमा हामी संगीकर्मीहरुको भावनात्मक एकता रहेको बिचार ब्यक्त गरे । सो अवसरमा आतारु नाकामुरा र जुन्को यागामीजस्ता जापानका सुपरस्टार गायिकाहरुले पनि आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेर साँगीतिक माहौललाई थप रौनकता प्रदान गरे ।

एक बर्षसम्म चल्ने सो मेलाको उदघाटन समारोहमा जापानमा सञ्चालित बिभिन्न मुलुकका मिडियाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । औपचारिक समारोहको यमिले जापानी तथा अंग्रेजी भाषामा उदघोषण गरेकी थिईन् । मैत्रिपूर्ण रात्रीभोजसहितको सो समारोह साँझ ९ बजेदेखि ११ बजेसम्म चलेको थियो । मेलाको उदघाटन सत्रमा जापानका बिभिन्न भूभागमा उत्पादन गरिएका कृषिजन्य खाद्यवस्तुहरुको प्रदर्शनी पनि रहेको थियो । ***

 

तपाईको प्रतिक्रिया