शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – यस वर्षको ‘भ्यालेन्टाइन डे’ को अवसरमा एक समलिंगी पुरुष जोडीले लगातार २ दिनभन्दा बढी समयसम्म चुम्बन गरेर विश्व कीर्तिमान कायम गरेको छ । उक्त जोडीले ५० घण्टाभन्दा बढीसम्म लगातार किस गरेर गिनिज बुकमा नाम लेखाउन सफलता हासिल गरेको छ ।

अघिल्लो आइतबार बिहान थाइल्याण्डको पटाया सामुद्रिक किनारमा सुरु भएको चुम्बन म्याराथनमा उक्त जोडीले एकैठाउँमा बसेर लगातार ५० घण्टा २५ मिनेट १ सेकेण्डसम्म ओठ जोडेर चमत्कार देखाए ।

प्रतियोगितामा भाग लिनेहरूले नलीमार्फत नै मुखसम्म पुर्‍याएर खाना र पानी लिनुपर्थ्यो तर खानका लागि दई जनाले जोडिएका ओठ छुटाउन पाइदैनथ्यो । उनीहरू ट्वाइलेट जाँदा पनि मुख जोडेको जोड्यै, सँगै एउटै ट्वाइलेटमा जानुपर्थ्यो, त्यो पनि रेफ़्रीसँगै ।

पछिल्लो कीर्तिमान राख्ने ३१ वर्षिय नोन्तावात जारोगेनासोरनसिन र २८ वर्षका थानाकर्न सिट्टीम्थोंग हुन् । प्रतियोगितामा पहिलो भएर विश्व रेकर्डसमेत कायम गरेबापत उनीहरूलाई जनही १ लाख भाट पर्ने हिराको औंठी तथा २ लाख भाट नगद पुरस्कार प्रदान गरिएको छ । ***

 

तपाईको प्रतिक्रिया