शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – बरिष्ठ साहित्यकार भीम बिरागको दुखद निधन भएको यस घडिमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले गहिरो दुख प्रकट गरेको छ । सो संस्थाको तर्फ़बाट अध्यक्ष प्रकाश पौडेल “माईला” द्वारा प्रेषित बक्तब्यमा वहाँको निधनबाट समग्र नेपाली साहित्य जगतमा अपुरनीय क्षति पुगेको र एक साहित्यिक अबिभबाक गुमेको बताइएको छ । “यस दुखद घडीमा शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भन्दै समबेदना प्रकट गर्दछौ- बक्तब्यमा भनिएको छ ।

सोमबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा दिवंगत हुनुभएका विराग हेटौंडा बस्दै आउनुभएको थियो । खास नाम भीमबहादुर महर्जन रहेका विरागको जन्म वि.सं.१९९१ माघ १५ गते वीरगन्जमा भएको हो । पत्रकारितासमेत गरेका विरागको साहित्यिक लेखनले राम्रो उचाइ हासिल गरेका थिए । नारायणी साप्ताहिक र बिगुल साप्ताहिकको सम्पादक समेत गरेका उनको दुखेको इन्द्रेनी गीत संग्रह (२०२०), अतृप्त स्पर्श गीत स्रग्रह (२०४३), तातो सुस्केरा कविता संग्रह (२०३२) र आठटुक्रे बादल कथा संग्रह (२०३५) प्रकाशित छन् ।

उनले २०२३ मा नारायणी अञ्चलस्तरीय कविता प्रतियोगितामा प्रथम, वि.सं.२०२६ मा गो.द.बा.चौथो र वि.सं. २०४३ मा छिन्नलता गीति पुरस्कार प्राप्त गरेका थिए । ***

तपाईको प्रतिक्रिया