बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – मृगौला रोगी पत्रकार रमेश चालिसेको जीवन बचाउ अभियानलाई सघाउन नेपाल पत्रकार महासंघ जापान शाखाले आज राजधानीमा आयोजित एक समारोहबीच ५१ हजार १ सय रुपैंया आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रले शुरु गरेको पत्रकार रमेश चालिसे बचाउं अभियानलाई सहयोग गर्न जापान शाखाले जापानमा आर्थिक सहयोग संकलन गरेको थियो । संकलित रकम ५१ हजार १ सय रुपैंया आजै महासंघको सञ्चारग्रामस्थित केन्द्रिय कार्यालयमा आयोजित बिशेष समारोहमा केन्द्रिय अध्यक्ष शिव गाउँलेलाई जापान शाखाका सल्लाहकार भूषण घिमिरेले हस्तान्तरण गर्नुभएको हो ।

दूवै मृगौला काम नलाग्ने भई मृत्युसंग संघर्ष गरिरहनुभएका श्रमजीवी पत्रकार चालिसेको जीवन बचाउन महासंघद्वारा शुरु गरिएको अभियानलाई जापान शाखाले पनि साथ दिदैं आर्थिक सहयोग संकलन कार्यक्रम शुरु गरेको थियो । जसअनुसार जापानमा रहेका पत्रकार तथा अन्य सहयोगीहरुले गरेको स्वेच्छिक आर्थिक सहयोगबाट संकलित रकम आज हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघको सिंगो केन्द्रिय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको सञ्चारग्रामस्थित केन्द्रिय कार्यालयमा आयोजित एक समारोहकाबिच उक्त रकम हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा पत्रकार चालिसेको जीवन बचाउने महासंघको अभियानमा जापानलगायत अन्य बैदेशिक शाखाहरुबाट प्राप्त सहयोगका लागि अध्यक्ष शिव गाउँलेले धन्यबाद ब्यक्त गर्नुभएको थियो । ***

 

तपाईको प्रतिक्रिया