बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो। टोकियोमा आउदो मार्च ४ तारिखमा जापानी भाषामा परिचयात्मक कार्यक्रम हुने भएको छ । सितार समाज र सोसाइटी फर एजुकेटिङ उमन इन एशिया (सेवा) को संयुक्त आयोजनामा हुन गईरहेको सो कार्यक्रम हिगाशी ताबाता स्थित फ़ुरेआइकन हलमा हुने भएको हो ।

कार्यक्रममा सोसाइटी फर एजुकेटिङ उमन इन एशिया (सेवा) की सदस्य मास मियाजावाले नेपाललाई चिनाउने रोचक सन्दर्भ सामाग्रीहरु जस्तै महत्वपूर्ण स्थान लुम्बिनी तथा हिमालय, नेपालको जीवनी त्यहाँ रहेका विभिन्न जातजाति, भाषासंस्कृति र कलाका वारेमा आफ्नो अनुभव सुनाउनुहुने छ । यसैगरी कार्यक्रममा सो संस्थाकी अध्यक्ष सुष्मा ओमाताले सितार बादनमा सोलो कन्सर्ट पनि प्रस्तुत गर्नु हुनेछ ।

कार्यक्रममा नेपाली चियाका साथमा नेपालका वारेमा आ-आफ्नो रुचि र सुझाव आदान प्रदान गरिने छ । कार्यक्रममा सहभागि हुन आयोजकले सम्पूर्ण नेपाली दाजुभाई, दिदिबहिनी तथा शुभेच्छुकहरुलाई अनुरोध गरेको छ ।

कार्यक्रमका वारे जानकारी
मिति: २०१२-३-४ आइतवार
समय : १:३० बजे देखि शुरु हुने
प्रबेश शुल्क- १ हजार येन
स्थान – हिगासी ताबाता फ़ुरेआइकन जेआर ताबाता स्टेशन
JR Tabata Station North Exit 3 Min Walk
Righthand Side Near Hotel Met
टेलिफोन – ०३-३८०९-५६८७
Sitar Samaj: ०३-३८००-०९३१  Email: npdidi@hotmail.com

तपाईको प्रतिक्रिया