शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – कलाकार सन्तोष पन्तले २० लाख खर्च गरेर छोरा प्रतिकलाई छोरीमा परिणत गराएका छन् । सानैदेखि छोरीको जस्तै ब्यबहार गर्ने प्रतिकले २२ दिनअघि थाइल्याण्डको सुर्पोन क्लिनिकमा आफ्ना पुरुष अंगलाई महिला अंगमा परिवर्तन गराएका छन् । आठघण्टे शल्यक्रियापछि उनी पूर्णरुपमा महिला भएको उनको मेडिकल रिपोर्टमा उल्लेख छ । अस्पतालमा २० दिन अराम गरेपछि उनी शुक्रबारमात्र काठमाण्डौं फर्किएका छन् । त्यसलगत्तै १८ बर्षिय प्रतिकले लिंगमात्र हैन, नामसमेत परिवर्तन गराएका छन् । अब उनी भएका छन- केटलीन पन्त ।

नेपालमा हतपति नसुनिएको यस्तो कार्यलाई पन्त परिवारले भने सहज रुपमा लिएका छन् । घरमा लक्ष्मीको आगमन भएको खुसीमा पन्त परिवारमा हर्षोल्लास छाएको छ । आफन्त एवं शुभेच्छुकले मिठाई र फलफुल ल्याएर खुसी बाँडिरहेका छन् ।

जेठी छोरीको दुर्घटनामा निधन भएपछि जहिले पनि हामीले छोरीको कल्पना गर्‍यौं- आमा प्रतिभाले भनिन-उनी गर्भमा छँदै छोरीको कल्पना गरेकी थिएँ, आज १८ बर्षपछि साँच्चै छोरी पाउँदा अपार हर्ष लागेको छ ।

प्रतिकका दाजु साकार पन्तले सानैदेखि केटीको ब्यबहार गर्ने उनलाई केटीकै हैसियत दिन परिवारले साहसिक निर्णय गरेको बताए । १७ बर्षको उमेरसम्म दाह्री जुंगा नपलाएको तथा ठूला गाजलु आँखासहित असाध्यै सुन्दर देखिएपछि परिवारले उनलाई बिज्ञानको सहयोगले महिला बनाउने निर्णय गरेको हो । उनको शल्यक्रियाका लागि २० लाख रुपैयाँ खर्च भएको परिवारले जनाएको छ ।

कक्षा सातमा पढ्दा केटी ब्यबहार देखाएपछि उनलाई केही समय मानसिक चिकित्सकको निगरानीमा राखिएको थियो । चिकित्सकले उनमा महिला हर्मोन बढी भएकाले त्यहीरुपमा स्वीकार्न परिवारलाई आग्रह गरेको थियो । त्यसपछि परिवारले उनलाई एक बर्षसम्म केटी साथीहरुको साथमा राखेको थियो । एउटा पार्टीमा केटीसाथीहरुसँग बसिरहेका बेला आफुलाई केटाहरुले डान्स गर्न प्रपोज गरेपछि आफु राम्री रहेको, केटासँग बिबाह हुनसक्ने आत्मविश्वास बढेको केट्लीन बताउँछिन् ।

उनले औषधी बिज्ञानमा बिद्यावारिधी गर्ने योजना रहेको बताइन् । नागरिकता र पासपोर्टमा पुरुष चिनारी रहकाले परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा निबेदन दिएकी छन्

केटलिन भन्छिन- धेरै मानिसलाई ममा महिला अंग छैन कि भन्ने भ्रम रहेको छ, तर म पूर्णरुपमा महिला भइसकेकी छु । पुराना नसा कुनैपनि नहटाई नयाँ अंग प्रत्यारोपण गरिएको उनको दावी छ । शल्यक्रियामा संलग्न चिकित्सकले दिएको सल्लाहअनुसार अबको तीन महिनामा उनी शारिरिक सम्पर्क गर्न सक्छिन भने एक बर्षमा पूर्णरुपमा स्वस्थ्य हुनेछिन् । उनले भबिष्यमा असल युवकसँग बिहे गर्न चाहेको बताइन् । गर्भाधान गर्न चाहेमा उनले अर्को शल्यक्रिया गरि पाठेघर प्रत्यारोपण गर्नुपर्ने बतईएको छ ।***

तपाईको प्रतिक्रिया