शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
काठमाडौं– जव नयाँ प्रधानमन्त्रीको प्रसंग आउँछ, संविधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसभित्र विवाद चर्कन्छ ।
अहिले कांग्रेसभित्र भ्रातृ संस्था विघटनको विवाद सकिएको छ तर नयाँ विवाद जन्मिएको छ । भावी सरकारको नेतृत्वबारे । बाबुराम भट्टराई नेतृत्वको सरकारको राजीनामासँगै बन्ने सरकारको नेतृत्व कसले गर्ने संसदीय दलका नेता रामचन्द्र पौडेल वा नेता शेरबहादुर देउवा ।
दुवैले दाबी गर्ने छनक बुझेपछि सभापति सुशील कोइराला भने तत्काल नयाँ सरकारको आवश्यकता नभएको बताउँदै आएका छन् । यसको पुष्टि गर्दै कांग्रेस युवा नेता तथा सभासद् गगन थापाले सरकारको दाबी नै नगर्ने पार्टी आवश्यक नभएको बताउँछन् ।
‘शान्ति प्रक्रिया पूरा नभएको अवस्थामा सरकारको नेतृत्व गर्दैनौं भनेका हौं,’ टेलिभिजन अन्तर्वार्तामा उनले भने, ‘तर त्यसपछि पनि हामीबीच झगडा गरेर नेतृत्व गर्ने मान्छे ननिकाल्ने हो भने त्यस्तो कांग्रेस त विघटन गरे भइहाल्यो नि ।’

तपाईको प्रतिक्रिया