बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
बाग्लुङ- राज्य पुनर्संरचनाको विषयमा दलबीच तिव्र विवाद भैरहेको अवस्थामा नेपाली कङ्ग्रेसका नेता रामशरण महतले यो विवादलाई थाँती राखेर पनि संविधान जारी गर्न सकिने बताएका छन् । ‘संघीयता जटिल विषय हो,’ महतले भने, ‘जवरजस्ती मुलुकले थेग्न नसक्ने गरी धेरै प्रदेश बनाउनु हुँदैन ।’
नेपालको लागि करिव पाँच देखि सात प्रदेश उपयुक्त हुने दावी गर्दै दलहरुबीच सहमति नभए संविधान जारी गरेपछि पनि यो विवादलाई टुङ्गाउन सकिने बताए ।
प्रेस युनियन, बाग्लुङले आइतबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महतले शान्ति प्रक्रियालाई टुङ्गाएर संविधान जारी गर्न सकिने बताए । ‘यो विषयमा माओवादी अध्यक्ष प्रचण्ड जी पनि सकरात्मक हुनु हुन्छ,’ महतले भने, ‘संघीयता जस्तो संवेदनशील विषयमा हतारमा निर्णय गर्नु हुँदैन ।’
उनले अहिले आएको राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको औचित्य सकिएको बताए । विज्ञहरुको आयोगले समेत राजनीतिक विचारबाट अभिप्रेरित भएर प्रतिवेदन आयो,’ उनले भने, ‘विवादस्पद रुपमा आएको प्रतिवेदनको औचित्य छैन ।’
उनले स्वेच्छिक अवकास रोजेका लडाकुको चेक खोसिनुले सामान्तवादको विरोध गर्ने माओवादी नै सामन्त बनेको आरोप लगाए । सेना समायोजन विशेष समिति सदस्य समेत रहेका महतले माओवादीबाट भएको चेक खोस्ने कार्यको लडाकुले नै विरोध गर्नुपर्ने र उनीहरुको सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने बताए । ****

तपाईको प्रतिक्रिया