शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
आर्यनजी नम्बर परिवर्तन गर्नु भएको हो ?
-हेर्नु न मेरो मोवाइल फेरी हरायो, अहिले त यी यस्तो सस्तो खालको मोबाइल चलाउँछु ।
यसै साता भेटिएका नायक आर्यन सिग्देलसँग भएको कुराकानीको अशं हो यो । उनी मोबाइल धेरै हराउँछन् । अनि मोबाइलसँग हराएको सिमचाहिँ कहिले झिक्छन् थाहा हुँदैन । यस अघि एनसेलको मोबाइल बोक्ने आर्यनले त्यो हराएपछि एनटिसीको पोस्टपेड बोक्न थालेका रहेछन् ।
अनि अहिलेको नयाँ नम्बर कति हो त ?
-अँ…….मलाई नै थाहा छैन एकैछिन है म तपाइँकोमा डायल गर्छु । आर्यनलाई आफ्नो नम्बर थाहा छैन । भए पनि उनी मुख खोलेर आफ्नो नम्बर भन्दैनन् । नेटवर्क समस्या उही त हो, भनेको बेला कहाँ फोन लाग्छ र । आर्यनले मोबाइल मागे अनि आफ्नो नम्बर सेभ गरिदिए । त्यसो त आर्यनले यसरी पाँचौं पटक नम्बर सेभ गरिदिएका हुन् । सायद आर्यनलाई आफ्नो मोबाइल नम्बर भन्न चाहिँ आउँदैन क्यारे ।

तपाईको प्रतिक्रिया