बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाटा) ले जापानमा उच्च शिक्षा अध्ययनरत जिज्ञानकुमार थापालाई “नाटा भास्कर पुरस्कार” ले सम्मानित गरेको छ ।

नाटाको ४८ औं बार्षिकोत्सवको अवसरमा गत शुक्रबार राजधानीमा आयोजित एक समारोहकाबिच थापालगायतलाई पुरस्कृत गरिएको हो ।

जापानको सरकारी टेलिभिजन टोकियो एमएक्समा नेपालबारे बिभिन्न प्रबर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएका थापालाई नेपालको चिनारी र पर्यटन प्रबर्द्धनमा योगदान पुर्‍याएबापत पुरस्कृत गरिएको हो ।

यसैगरी रसियाली पर्यटक भित्र्याउने र पोखराको अल्ट्रालाईट स्थापना गर्ने कार्यमा योगदान पुर्‍याएबापत नातासा जेभेरिका श्रेष्ठलाई “नाटा सगरमाथा”  पुरस्कारले सम्मानित गरिएको छ ।

थापा र श्रेष्ठसहित नाटाले पर्यटन प्रबर्द्धनमा योगदान पुर्‍याउने २० भन्दा बढि ब्यवसायी र पत्रकारहरुलाई पुरस्कृत गरेको छ । समारोहमा उनीहरुलाई पर्यटनमन्त्री लोकेन्द बिष्टले सम्मानित गरेका हुन् । ***

तपाईको प्रतिक्रिया