शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो। जापानमा आउंदो जनवरी २२ तारिख आइतवारका दिन  नेपालीहरुबीच जापानी भाषामा वक्तृत्व कला प्रतियोगिता हुने भएको छ । जापानमा रहेका नेपालीहरुमा जापानी भाषाको ज्ञान र अझ दक्ष वनाउने उदेश्यले नेपाली विद्यार्थी समाज जापान (नेसाज) को आयोजना र आइएनसिजेको सह-आयोजनामा जापानमा उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष बिमल अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई एनआरएन जापानले पनि सहयोग गर्ने भएको छ । जापानमा रहेका सवै पेशाकर्मीलाई जापानी भाषाको अझ वढि ज्ञान दिलाउने र लुकेर बसेका प्रतिभाहरुलाई उजागर गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नेसाजका सचिव ई. कृष्ण भेटवालले बताउनुभयो ।

वक्तृत्व प्रतियोगितामा भाग लिन चाहने जो सुकैले पनि जनवरी २० तारिख भित्र आयोजक संस्थामा सम्पर्क गरी नाम र विवरण दर्ता गर्नुपर्ने बताईएको छ ।  उक्त कार्यक्रमका लागि पुष्करजंग थापाको संयोजकत्वमा ६ सदस्यीय संयोजन समिति गठन गरिएको छ । समितिमा नेसाजबाट उपाध्यक्ष जीवक बज्राचार्य, सह-सचिव कुमार डल्लाकोटी र सदस्य यशोदा वस्नेत थापाका साथै आइएनसिजेको तर्फवाट अर्जुन अधिकारी र शशि विक रहनुभएको छ । निर्णायक मण्डलको संयोजकमा भने नेसाजका पूर्व अध्यक्ष जिज्ञानकुमार थापा रहनु भएको छ । कार्यक्रममा जापानवासी सम्पूर्ण दाजुभाई तथा दिदीवहिनीहरु उपस्थित भई प्रतियोगीहरुलाई हौसला बढाई दिनुहुन आयोजक संस्थाले अनुरोध गरेको छ । प्रतियोगिताका बिजयीलाई विशेष पुरस्कारको ब्यवस्था गरिने भएको छ ।

सो कार्यक्रम टोकियोको ओमोरीस्थित सेइयु भवनको पाँचौ तल्लामा अपरान्ह ४ वजेवाट शुरु हुने  बताईएको छ । तत्सम्बन्धमा थप जानकारीका लागि निम्न मोबाईल नंबरहरुमा सम्पर्क गर्न सकिने बताईएको छ ।
090661563322, 09088109014, 09040098055,  08044514143 ***

तपाईको प्रतिक्रिया