शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं- लामो समय देखि क्यान्सर रोगले पीडित अभिनेत्री सुशीला रायमाझीको बिहीबार दिउँसो निधन भएको छ ।
रायमाझीको दिउँसो १ बजे बिएण्डबि अस्पतालमा निधन भएको निर्माता रमेशजंग रायमाझीले जानकारी दिएका छन् । छोरी अमेरिकाबाट नफर्केकाले बिहीबार अन्तिम संस्कार भएन ।
निधन पश्चात रायमाझीको शव टिचिङ हस्पिटल महाराजगंजमा राखिएको रमेशजंगले जानकारी गराए । पहिलो श्रीमानबाट एक छोरी र दोस्रोबाट दुई छोरीकी आमा सुशिलाको कान्छी तर्फकी छोरी अमेरिकाबाट राति १० बजे काठमाण्डू ओर्लिएकी छिन् ।
रेडियो नाटक हुँदै चलचित्र अभिनयमा अब्बल ठहरिएकी सुशीलाको पाठेघर क्यान्सर सम्पूर्ण शरीरमा फैलिएपछि उनी पछिल्लो केही बर्षयता सिकिस्त थिइन् ।
सुशीला राष्ट्रिय नाचघरकी जागिरे पनि थिइन् । उनले हिरोइन भएर खेलेको पहिलो फिल्म चोट हो जसलाई श्याम राईले निर्देशन गरेका थिए ।
सुशीलाले धनसम्पती भन्ने चलचित्र पनि बनाएकी थिएन् भने पवन मैनालीसँग मिलेर पिजडा भन्ने चलचित्र पनि बनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया