बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
एक दशक अघि रिलिज भएको चलचित्र “साथी” मा करिश्मा मानन्धरसंग “आई लभ यू” भन्न सिकेका अभिनेता राजेश हमालले फेरि एक पटक आई लभ यू भन्ने भएका छन् ।
गायक राजेशपायल राईले गाएको उक्त गितलाई लाईभ पर्फमेन्स मार्फत हमालले दमकका स्थानीय बासीहरु माझ “आई लभ यू” भन्दै कम्मर मर्काउन लागेका हुन् । महानायकका पब्लिक रिलेसन अफिसर (पिआरओ) चिरञ्जीवी आचार्यले दिएको जानकारी अनुसार ब्यस्त सुटिङ तालिकाबाट केही दिन विश्राम लिदै उनी पूर्वाञ्चल आयोजना हुन लागेको दमक महोत्सवमा सहभागी हुँदैछन् ।
महोत्सवमा  कुनै समय निकै हिट भएको  चलचित्र “साथी” को “मलाई पनि अग्रेजीमा बोल्न सिकाई देऊ न…” मा उनी डान्स गर्ने छन् । उनलाई गायक राजेश पायल राईले साथ दिने छन् भने अपोजिट फिमेल क्यारेक्टर भने आयोजकको रोजाईमा हुने बताइएको छ ।
महोत्सव माघ १४ गते देखि २६ गते सम्म हुदैछ तर हमाल १९ गतेका दिन मात्र महोत्सवमा सहभागी हुनेछन् । उक्त महोत्सवमा दर्शकलाई आई लभ यू भनेपछि हमाल माघ २२ गते भारतको मेघालयमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुन पुग्दैछन् ।
नेपाली सिनेमाको राम्रो मार्केटको रुपमा रहेको पूर्वाञ्चलमा कलाकारहरुको क्रेज धेरै छ । गत दशैमा आर्यन सिग्देल दमक पुग्दा ग्रामिण भेग देखि बस रिर्जभ गरेर स्थानीय बासी आर्यनलाई हेर्न सिनेमा हल सम्म पुगेका थिए ।
भारी रकम तिरेर आयोजकले महानायकलाई महोत्सवमा सहभागी गराउने भएपछि पूर्वाञ्चलमा उक्त महोत्सवको पब्लिसिटी ब्यापक भैरहेको छ ।

तपाईको प्रतिक्रिया