बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024
योनी तथा लिङ्गमा सम्भोगको समयमा हुने वा आउने रसायनको कारण एलर्जी देखा पर्दछ । पुरुषको वीर्य स्त्रीको योनी भित्रै स्खलन हुने हुादा कहिलेकाहीं वीर्यलाई घृणाको रुपले हेरेको अवस्थामा वा हारमोनिक तरीकाले एलर्जी भई योनी चिलाउने, योनीको मुखमा तथा केही भित्री भागसम्म नै साना तथा ठूला विमिरा खटिरा देखा पर्ने हुन्छ । कतिपय अवस्थामा स्त्रीलाई पुरुषको लिङ्गमा गन्ध आएर जस्तो भइ त्यो देख्दै घृणा जाग्ने योनी प्रवेश गराउादा समेत निकै नमज्जा लाग्ने हुन सक्दछ । यसरी लिङ्गप्रतिको घृणा भावमा फलस्वरुप लिङ्गमा नै एलर्जी जस्तो घटना घट्न गई सम्भोगप्रति वितृष्णा हुने तथा पारिवारिक जीवनमा नै नराम्रो प्रभाव पर्ने सम्भावना बढेर जान्छ ।
सम्भोगको समयमा स्खलित भएको वीर्य यदि एलर्जी भएर गएको खण्डमा स्त्रीको योनीबाट कहिलेकाहीं अचानक सेतो पानी बाहिर निस्किने तथा योनीको भित्री भागसम्म चिलचिला भई शरीरमा खटपटी हुने तथा सम्भोग गरेको लामो समयसम्म निद्रा तथा अमनचयन नआउने हुनाले स्त्रीमा पनि यसले ठूलो समस्या सृजना गर्ने कुरामा दुईमत छैन । यस्तो समस्याले स्त्रीलाई आत्मग्लानी हुन जान्छ । उता पुरुषमा पनि एलर्जीको सम्भावना हुन्छ । उसले आफ्नो लिङ्गलाई प्रत्यक्ष रुपमा योनीमा प्रवेश गराई लामो समयसम्म त्यसैको सम्पर्कमा राख्नुपर्ने वा त्यसैमा घर्षण गराउनुपर्ने भएकाले एकाएक पुरुषमा पनि स्त्रीको योनीबाट निस्किने योनीरस तथा स्त्री स्खलन हुादा बढी मात्रामा निस्किएको चिल्लो, पानी, अनि उनको योनीबाट निस्किएका विभिन्न रसायनले पुरुषको लिङ्गको बाहिरी भागमा यदि बढी मात्रामा पानी वा रस निस्केर तलसम्म भिजाएको खण्डमा अण्ड तथा अण्ड वरपरीको भागमा वा साप्राको माथिल्लो भागमा समेत विमिरा देखा पर्ने, सम्पर्कको लामो समय पश्चातसम्म पनि लिङ्ग चिलाउने, अनि सुुन्निएर केही ठूलो तथा अछन्नाइलो हुने सम्भावना पनि बढी भएर जाने हुन्छ ।
सम्भोग पश्चात् एलर्जीका कारण पुरुषको आाटमा पर्ने प्रभाव परी शरीरमा अप्ठ्यारोपना देखा पर्ने अनि असजिलो महसूस हुने भइरहन्छ । सम्भोग पश्चात् राम्रो निद्रा नपर्नु वा अन्य त्यस्तै समस्या देखा पर्ने हुन्छ । एलर्जीका कारण आएका विरामीले योनी तथा लिङ्गमा चिलाउने रोगको समेत उत्पत्ति गराउन सक्दछन् ।
वीर्य तथा डिम्वबाट आउने एलर्जी बाहेक अरु कृतिम एलर्जीले पनि मासिनको सम्भोग जीवनमा नराम्रो प्रभाव पार्दछ जस्तो सम्भोगको समयमा यदि पुरुषले कण्डम प्रयोग गर्ने गरेको भएमा स्त्रीलाई कण्डमका गन्ध मन नपरेर होस् वा त्यसको बाहिर पट्टी हुने तेलको कारणले होस् उनीहरुमा एलर्जी हुने सम्भावना बढी पाइन्छ । कतिपय अवस्थामा पहिलाको कण्डम प्रतिको गलत धारणाले पनि त्यो प्रति अरुचि पैदा हुने वा एलर्जी हुने सम्भावना बढेर जान्छ । सम्भोगको समय तितो स्वाद चर्खाउने साधन कन्डम मान्ने चलन पनि आम महिलाहरुमा विद्यमान छ । उनीहरु कण्डम सितको यौन सम्पर्क अरुचि देखाउने तथा कण्डम लगाएको सम्भोगले आफ्नो चिलाई मेटाउन सहयोग गर्ने वीर्यलाई छेक्ने भएको हुंदा त्यसप्रतिको रोष भावनाको कारण पनि कण्डमले स्त्रीमा एलर्जीको भावना आखिर एलर्जी भई जान्छ । उता पुरुषमा पनि त्यो कण्डमको रसले एलर्जी भई लामो समयसम्म लिङ्ग उत्थान नहुने तथा सम्भोग पछाडि शरीरमा देखा पर्ने आनन्द भाव देखा पर्दैन ।
महिलाले प्रयोग गर्ने फिंज चक्कीका कारण पनि स्त्री तथा पुरुषलाई एलर्जी हुन सक्दछ । फिाज चक्कीले गर्भनिरोधन गर्न सहयोग गरेता पनि सबैलाई त्यसको प्रयोग मन पर्दैन पुरुषको लिङ्गमा समेत त्यसको रसले नकारात्मक प्रभाव पर्दछ । त्यति मात्र होइन स्त्रीले प्रयोग गर्ने कण्डमले होस् वा सम्भोगको समयमा प्रयोग गरिने विविध तेल वा त्यस्तै रसायनका कारणले होस् सम्भोगमा देखा पर्ने एलर्जी हटाउनु जरुरी छ ।

तपाईको प्रतिक्रिया