मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

टोकियो – बेलायतमा दुई योनी भएको महिला भेटिएकी छिन ।   सबैलाई थाहा भएकै कुरा हो,  पुरुषको सरिरमा लिंग हुन्छ र महिलाको शरीरमा योनी हुन्छ । मान्छेको शरीरमा एउटा मात्र यौनांग हुन्छ कि लिंग कि योनी । तर बेलायतकी एक महिलाको शरीरमा भने दुईवटा योनी छन् र दुबै योनी उत्तिकै सक्रिय छन् । आइटिभी च्यानलको कार्यक्रम ‘दिस मर्निङ शो’मा अन्तरवार्ताका क्रममा हेजल जोन्स नामकी ती महिलाले आफ्नो शरीरमा दुईवटा योनी रहेको खुलासा गरेकी हुन् । आफ्नो शरिरमा जन्मिँदै दुईवटा यौनांग रहेको उनले बताइन् ।

चिकित्सकहरुले यस्तो घटना निकै विरलै हुने र भ्रुणको विकासका क्रममा पाठेघरको पूर्ण विकास नहुँदै योनीमा थप झिल्लीको विकास भएपछि दुईवटा योनीको विकास हुने बताउँछन् । करोडौंमा एक जनाको मात्र यस्तो हुने चिकित्सकहरुको भनाइ छ ।

टेलिभिजन अन्तरवार्ताका क्रममा ती महिलाले पहिलोपटक महिनावारी हुँदा आफुलाई दुइवटा योनी भएको थाहा भएको बताइन् । उनले अर्को गोप्य कुरा पनि खुलासा गरेकी छिन् ।उनले आफ्ना दुबै योनीको भर्जिनिटी तोडिएको र एक एकपटक यौन सम्पर्क गरिसकेको खुलासा गरिन् । उनी दुईवटा योनी पाएकोमा आफु निकै खुशी रहेको पनि बताईन । ***

तपाईको प्रतिक्रिया