शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
रौतहट – सशस्त्र समूहले राखेको सकेट बम निष्क्रिय पार्ने क्रममा शनिबार नेपली सेनाका एक हवल्दार घाइते भएका छन् ।
रौतहटको सरमुजवा गाबिस-८ बंकुल बजार स्थित एक ब्यापारीको पसल पछाडि राखेको सकेट बम निष्क्रिय पार्ने क्रममा नेपाली सेनाको अमरदल गल्म पुरेनवा गौरका हवल्दार होमबहादुर राउत घाइते भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । हवल्दार राउतको बाँया खुट्टामा बमको छर्राले लागेको प्रहरीले जनाएको छ । घट्नामा घाइते राउतलाई गौर अस्पतालमा उपचार गरिएको छ ।
उक्त बम जनतान्त्रिक मधेश मुक्ति पार्टीले राखेको हो । पार्टीका भोजपुरा ईन्चार्ज अभयले टेलीफोनबाट सचारकर्मिलाई सकेट बम राखेको बताए । पछिल्लो समय उक्त पार्टीको गतिबिधि रौतहटमा निकै बढेको छ । वार्ताको लागि सरकारले चासो नदेखाएको ईन्चार्ज अभयले आरोप लगाउदै आएका छन ।

तपाईको प्रतिक्रिया