शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा यही जनवरी २९ मा टोकियोमा साहित्यिक कार्यक्रमको आयोजना हुने भएको छ । टोकियोको सिन-ओकुबोस्थित नेपाली खाजाघरको सभाकक्षमा हुने कार्यक्रम अपरान्ह ३.३० बजेबाट सुरु हुने बताईएको छ ।

अनेसास जापानले हरेक तीन-तीन महिनाको अन्तरालमा श्रृंखलाबद्ध साहित्यिक कार्यक्रमको आयोजना गर्दै आइरहेको सन्दर्भमा जनवरी २९ मा नयाँ साहित्य श्रृंखलाको आयोजना गर्न लागेको हो ।

स्मरणरहोस् अनेसास जापानले अंग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, भानु जयन्ती र लक्ष्मी जयन्ती गरि वर्षमा न्युनतम रुपमा ४ वटा कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

कार्यक्रममा जापानबासी सम्पूर्ण साहित्य अनुरागीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ भने सम्भव भएसम्म आ-आफ्नो रचना सहित आउन आग्रह समेत गरिएको छ ।

थप जानकारीको लागि

प्रकाश पौडेल माइला – ०८०-४१५५-३१३२

पुष्करजंग थापा – ०९०-८८१०-९०१४

देवी इंग्नाम – ०८०-४१८३-४२९६

सशि बि क – ०९०-४०२८-९६४३

कृष्ण के श्रेष्ठ काल्स – ००९०-६४७८-१५९१

श्रवण सत्याल – ००९०-६१७३-२६५३

तपाईको प्रतिक्रिया