शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
भक्तपुर- भक्तपुर ७ स्थित गोलमढीका गंगा सागर रञ्जितको उनकै कामदारले शुक्रबार राति हत्या गरेको छ ।
तराई मुलका ति कामदारले काठको मुढाले निधारमा हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक रूपक खडकाले बताए । हत्यापछि उनी फरार रहेको उनले बताए । गंगा सागरले भक्तपुर नगरपालिका इनाचोमा रञ्जित राइस मिल सञ्चालन गरेका छन ।
प्रहरीले हत्याराको खोजी गर्न राजमार्ग र सहायक मार्ग नाकाबन्दी गरेको छ

तपाईको प्रतिक्रिया