शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
नयाँ दिल्ली– भारत भ्रमणमा रहेका उपप्रधान एवम गृहमन्त्री विजयकुमार गच्छदारले शुक्रवार भारतीय अर्थमन्त्री प्रणव मुखर्जीसँग भेटवार्ता गरेका छन् ।
दुई जनावीच  करिब आधा घण्टा भएको भेटवार्तामा मुखर्जीले नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया एकीकृत नेकपा माओवादी नेतृत्व सरकारबाट निष्कर्समा पुग्न सक्छ कि सक्दैन भनेर गंभिर चासो राखेका थिए । उनले गच्छदारसँग नेपालमा राजनीतिक स्थायीत्वकोलागी भारत जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको भन्दै अहिलेकै सरकारबाट शान्ति र संविधानको काम पुरा हुने आधारको बारेमा गच्छदारसँग गम्भीर चासो राखेका थिए ।
उनले नेपालमा शान्ति प्रक्रिया निष्कर्समा पुगेर लोकतान्त्रिक संविधान लेखेर नयाँ निर्वाचन मार्फत सक्रमण कालको अन्त्य गरिनु पर्नेमा जोड दिदै भारतले नेपालमा प्रजातन्त्र बलियो भएको हेर्न चाहेको स्पष्ट पारेका थिए । मुखर्जीलाई उद्यृत गर्दै गच्छदारले भने– ‘मुखर्जीले सम्पन्न, प्रजातान्त्रिक, शान्तिपूर्ण नेपाल हेर्न भारतले चाहेका छौं ।’
मुखर्जीले विगतमा नेपाल र भारतवीच भएका सहमति कार्यान्वयन गर्ने, नेपालको विकासको लागी हरेक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै चिन र भारत दुबै देशसँग समान दुरी राखेर नेपालको आर्थिक प्रगति गराउनु पर्ने उनको सुझाव थियो । चीनसँग नेपालको सम्बन्ध सुमधुर हुँदा भारतको कुनै आपत्ति नहुने समेत मुखर्जीले भेटमा भनेको गच्छदारले बताए ।
गच्छदारले पनि नेपालको भूमि प्रयोग गरि भारत विरुद्ध कुनै पनि गतीवीधि हुन नदिने प्रतिबद्धता ब्यक्त गर्दै अहिलेकै सरकारले नेपालमा शान्ति र संविधान निर्माणको कार्य सम्पन्न गर्ने दावी गरेका थिए । गच्छदारले आजै काग्रेस आईका विदेश विभाग प्रमुख करण सिंह र प्रवक्ता अभिषेक मनु सिंघवीसँग पनि भेटवार्ता गरेका थिए ।

तपाईको प्रतिक्रिया