शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – नयाँ बर्ष २०१२ को आगमनसँगै टोकियो र ओसाका क्षेत्रका हाइवे (द्रुतमार्ग) हरुमा नयाँ प्रबेशदर लागु गरिएको कुरा यातायात मन्त्रालयले जनाएको छ । नयाँ प्रबेशदर लागु गरिएकोमा टोकियोको केन्द्रीय भागसँग जोडिने स्युतो हाइवे तथा ओसाकासँग जोडिने हानसिन हाइवे रहेका छन् । सो हाइवेहरुमा दुरीको आधारमा प्रबेश दर तोकिएको सो मन्त्रालयले जनाएको छ । हालसम्म सो हाइवेहरुमा दुरीको आधारमा नभै समान दरहरु लागु गरिएको थियो ।

हालसम्म स्युतो हाइवेमा प्रबेश गर्ने गाडीको लागि ७०० येन, कानागावा हाइवेमा प्रबेश गर्ने गाडिहरुको लागि ६०० येन तथा साइतामाको लागि ४०० येनको दरले प्रबेश शुल्क लाग्ने गरेको थियो । तर नयाँ ब्यवस्था अनुसार ईटीसी जडित कारको लागि न्युनतम ५०० येन प्रबेश शुल्क लाग्ने र हरेक ६ किलोमिटर बराबर १०० येनको दरले थप शुल्क लाग्ने कुरा सम्बन्धित मन्त्रालयले जनाएको छ । यसको साथै नयाँ ब्यवस्थामा अधिकतम शुल्क ९०० येन तोकिएको पनि जनाइएको छ ।

अर्कोतर्फ ईटीसी जडान नगरिएका कारहरुको लागि भने दुरीको आधारमा नभई समान दरको आधारमा ९०० येन प्रबेश शुल्क लाग्ने कुरा फुजी टेलिभिजनले जनाएको छ ।

तपाईको प्रतिक्रिया