शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
अमेरिकी वैज्ञानिकहरूले गरेको पछिल्लो अनुसन्धानले के देखाएको छ भने जुन पुरुषले सातामा दुई पटक यौन सम्बन्ध कायम गर्छन्, उनीहरूको मुटुमा देखिने समस्यामा ४५ प्रतिशतले कमी आउँछ ।
म्यासाच्युसेटको न्यू इङ्ल्याण्ड रिसर्च इन्स्टिच्युटका वैज्ञानिकहरूको टोलीले १ हजार पुरुषमा गरेको अनुसन्धानबाट उक्त निष्कर्ष निकालिएको हो । अनुसन्धानमा सक्रिय वैज्ञानिकहरूले सातामा न्यूनतम दुई पटक यौन सम्बन्ध राख्न पुरुषलाई महिनामा एक पटक यौन सम्बन्ध राख्ने पुरुषको तुलनामा मुटुको समस्यामा कम देखिएको छ ।
एक अनुमान अनुसार बेलायतमा वार्षिक रुपमा २ लाख ७० हजार पुरुष हृदयघातको चपेटामा पर्ने गरेका छन् । यो अनुसन्धानलाई अझ सूक्ष्मरुपमा ब्याख्या गर्न सके यसले हृदयाघातको शिकार हुने पुरुषहरुलाई सहयोग पुग्ने आशा वैज्ञानिकहरूले गरेका छन् । सन् १९८७ देखि ४० वर्ष माथिका पुरुषमा नियमित गरिएको अनुसन्धानबाट वैज्ञानिकहरूले उक्त निष्कर्ष निकालेका हुन् ।
वैज्ञानिकहरूले अनुसन्धानका क्रममा पुरुषहरुको शरीरको मोटाइ, उनीहरूको रगतमा रहेको कोलेस्ट्रोल आदिलाई आधार बनाएका थिए ।

तपाईको प्रतिक्रिया