शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं– नायिका निशा अधिकारीले चलचित्रका लागि सहमतिपत्रमा हस्ताक्षर गरेपछि पनि समय नदिएपछि ५५ हजार रुपैयाँ क्षतिपूर्ति तिरेकी छन् ।
चलचित्र ‘थ्री लभर्स’का लागि पैसा लिएपछि पनि समय नदिएको भन्दै निर्देशक सुरेशदर्पण पोखरेलले चलचित्र विकास बोर्ड र निर्माता संघमा उजुरी दिएका थिए ।
निशा अरु तीन चलचित्र र डकुमेन्ट्रीमा व्यस्त भएपछि समय दिएकी थिइनन् । पोखरेलले अब अर्की नायिकाको खोजीमा आफू रहेको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया