शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं- एमाले नेता केपी शर्मा ओलीले कांग्रेस सभापति सुशील कोइराला र माओवादी उपाध्यक्ष मोहन वैद्य ‘किरण’लाई सभासद् बन्न आग्रह गरेका छन् ।
‘कांग्रेस सभापति सुशील कोइराला पनि बाहिर (संविधानसभा) हुनुहुन्छ,’ आइतबार बिहान राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘माओवादीका मोहन वैद्य ‘किरण’जी पनि, उहाँहरु पनि संविधानसभामा आउनुपर्छ ।’
ओलीले आफूले कहिल्यै सभासद् बन्छु नभनेको तर अध्यक्ष झलनाथ खनालले प्रस्ताव गरेको दाबी गरे । उनले आफू सभासद् बन्नेबारे निर्क्यौल भने नगरेको बताए ।
उनले नेपालमा वास्तविक कम्युनिष्ट शक्ति एमालेबाटै संबिधान निर्माण सम्भव रहेको स्मरण गर्दै गुटमा रहँदा पार्टी विभाजनजस्तो देखिएकाले एकताको कुरा गरिएको बताए । उनले भावनात्मक एकता गरेर पार्टीलाई प्रमुख शक्ति बनाउने बताए । ***

तपाईको प्रतिक्रिया