बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं- चीनले पनि प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणमा द्विपक्षीय लगानी प्रबर्द्धन तथा संरक्षण (बिपा) सम्झौता गर्न प्रस्ताव गरेको छ ।
जियाबाओको डिसेम्बर १० देखि हुने तीन दिने नेपाल भ्रमणमा चीनले भारतसँग जस्तै बिपा सम्झौता गर्न प्रस्ताव गरेको उद्योग मन्त्री अनिलकुमार झाले जानकारी दिनुभयो ।
भारतसँग भएको सम्झौतापछि नेपालमा चर्को विरोध भएको थियो । मन्त्री झाले भारतसँग जस्तै उक्त सम्झौता चीनलगायत ७ मुलुकसँग गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया