शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
काठमाडौं- दलहरु आन्तरिक र दलहरुबीचमा छलफल भएपछिमात्रै संविधान निर्माणका क्रममा देखिएका विवाद टुङ्गो लगाउने निष्कर्षमा पुगेका छन् ।
शनिबार बिहान बसेको संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठकमा बाँकी विवादित विषयमा आ-आफ्नो दलमा आन्तरिक छलफलपछि संवैधानिक उपसमितिबाट सहमति खोजिने निर्णय भएको समिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
बैठकले विवादित विषयमा दलहरु भित्र छलफलपछि त्यस विषयमा उपसमिति र संवैधानिक समितिमा छलफल गरिने कार्यविधि तयार गरेको छ । विवादित विषयमा दलहरुको स्पष्ट धारणाका लागि त्यस्तो कार्यविधि बनाइएको हो । राज्य पुनर्संरचनाको जिम्मा आयोगलाई दिएपनि निर्वाचन प्रणाली शासकीय स्वरुपका विषयमा  दलहरुबीच मतभेद नै रहेको छ ।
 अन्तर पार्टी त्यसपछि पार्टी-पार्टीबीचको छलफलपछि उपसमितिमा सहमतिको प्रयास गरिने भएको छ । बैठकले विवादका विषयमा नियमित छलफल गर्ने निष्कर्ष पनि निकालेको छ । यसअघि पुस १५ भित्र विवादित विषयमा सहमति खोज्ने कार्यसूची बनाइएको छ ।
संविधानसभाको बैठकबाट पारित संविधान निर्माणको कार्यतालिका अनुसार काम सक्नुपर्ने भएकाले विवाद समाधान र मस्यौदा लेखनको काम सँगसँगै लैजाने तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया