मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024
काठमाडौं- नेपाली फिल्म ‘बाटो मुनीको फुल’ जापानमा आगामी मार्चमा हुने ओसाका एसियन फिल्म फेस्टिबलका लागि छानिएको छ ।
जापानको ओकासा सहरमा सन् २०१२ को मार्चमा हुने फिल्म फेस्टिबलमा आफ्नो चलचित्र छानिएको निर्देशक सुरज सुब्बाले जानकारी दिए । ‘यसले नेपाली फिल्मको स्तरीयता अन्तर्राष्ट्रिय स्तरको भएको पुष्ट्ँयाई भएको छ,’ उनले भने ।
दलित विभेदसम्बन्धि कथा रहेको चलचित्रमा गायक यश कुमारले पहिलोपटक अभिनय गरेका छन् । चलचित्रमा अर्का गायक बाबु बोगटी, रेखा थापा, नन्दिता केसीका साथै अथिति कलाकार राजेश हमाल पनि छन् ।
पछिल्ला चलचित्रमा धेरै व्यापार गर्न सफल यस चलचित्रले नेपाल भएका विभिन्न महोत्सवमा पनि धेरै अवार्ड जितेको छ ।

तपाईको प्रतिक्रिया