बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
बोस्टन (अमेरिका)- तमु जातिहरुको नयाँ वर्ष अर्थात् ल्होछार आगामी डिसेम्बर २७ मा अमेरिकाको बोस्टनमा मनाइने भएको छ ।
बोस्टन तमु समाजको आयोजनामा बोस्टनको क्याम्ब्रिजस्थित सेन्ट एन्थोनी क्याथोलिक हलमा मनाइने समाजको विज्ञप्तीमा जनाइएको छ ।
बोस्टन तमु समाजका अध्यक्ष सुन्दर गुरुङले बोस्टनमा ल्होछार मनाउन सुरु गरेको १० बर्ष भएको बताउँदै यसपालिको ल्होछार अलि फरक र भव्यताका साथ मनाउने कार्यक्रम रहेको समुद्रपारिसित बताए ।
‘ यो बर्ष भने बिरालो बर्ग जाने र गडुल बर्गको आगमन हुने रहेको छ । बर्गहरु १२ ओटा हुन्छन् र यी नामहरु सबै जीवजन्तुहरुको नाम बाट राखिएको हुन्छन्,’ ल्होछारबारे प्रष्ट पार्दै उनले भने, ‘बोस्टन तमु समाजले बोस्टनमा २००१ देखिनै ल्होछार पर्ब मनाउदै आइरहेको छ । यस ल्होछार कार्यक्रमको मुख्य भूमिका नेपालि भाषा संस्कृतिको संरक्षण तथा तमु उत्थाननै रहेको छ ।’

तपाईको प्रतिक्रिया