शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
काठमाडौं- सर्वोच्च अदालतले सरकारी सुविधा फिर्ता लिन सरकारलाई आदेश दिएपछि पूर्व प्रधानमन्त्रीहरुले गाडी फिर्ताको अभियान सुरु गरेका छन् ।
सबैभन्दा बढी सरकारी सुविधा लिने एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार आफूले पाएको सुविधा फिर्ता गर्ने निजी सचिवालयले जनाएको छ । स्वकीय सचिव समिर दाहालले सरकारले उपलब्ध गराएको गाडी र सुरक्षा शनिबारबाटै छाड्ने जानकारी दिनुभयो ।
यसअघि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले पाएको सुविधा फिर्ता लिन आग्रह गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया