शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

ब्रुनाई । आज ब्रुनाईमा किरात लिम्बुहरुको मुख्य चाड उधौली मनाईदैं छ ।

उधौलीमा ब्रुनाईभरि छरिएर रहेका लिम्बु तथा ज्वाई कुलकुटम्बहरुलाई खुल्ला निमन्त्रणा गरिएको छ । जिआरयु सुंघाइअकार क्याम्प भित्र सम्पन्न हुन गईरहेको उक्त चासोक तङनाम साँझ ६ बजे शुरु भई मध्यरातसम्म चल्नेछ ।

उक्त चाडको लागि च्याब्रुङ झण्डै एक दर्जन ब्रुनाईमै निर्माण गरिएको छ भने युवायुवतीहरुले अभ्यास गरिरहेका छन् । लिम्बु खानाहरु बनाई कुटुम्बेरीहरुलाई ख्वाउने पनि प्रचलन रहेको छ । धाननाच, च्याब्रुङनाच, हाक्पारे र न्वागी पुजा आदी उक्त कार्यक्रमको आकर्षण रहेका छन् ।

उक्त कार्यक्रममा सहभागिताका लागि सपरिवार सहभागीले ७५ ब्रुनाई डलर र एकजना मात्रले ५० ब्रुनाई डलर शुल्क बुझाउनुपर्ने जनाइएको छ । यस चाडलाई समग्रमा किरात उधौली चाड भनिन्छ । यस उधौली चाडलाई लिम्बुहरुले चासोक तङनाम, राईहरुले साकेला, सुनुवारहरुले फोलष्यादर र याख्खाहरुले चासुवा भन्ने गर्दछन् । मंसिर पूर्णिमामा मनाउने यस चाड संसारभर किरातहरुले मनाउदैछन् ।

तपाईको प्रतिक्रिया