शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – होक्काइडोको नाइए शहरका मेयरद्वारा जुनियर नाम गरिएको ७ बर्षिय कुकुरलाई स्वर्णपदक र कदरपत्रले सम्मान गरिएको छ ।

सो कुकुरले आफ्नो ८१ बर्षिय मालिक योसिमासा सोमा र उनकी ३ बर्षिया नातीनी सुकाइ किमुरालाई दुर्घनाग्रस्त गाडिमा एकरात जाडोबाट बचाएकोमा सो सम्मान गरिएको हो । दुर्घटना ग्रस्त गाडिबाट उद्धार गरिए पश्चात ८१ बर्षिय सोमाले सो दिनको घटनाको बयान गर्दै प्रहरीसंग भने – उनीहरु पल्टिएको गाडिभित्र थियो, गाडीको इञ्जिन चल्थेन र झ्यालका सिसाहरु फुटेका थिए । त्यसैले उनीहरुले साथमा रहेको कुकुरको शरीर मार्फत् चिसो हावा छेकी १ रात बिताएका थिए ।

प्रहरीका अनुसार सो रात त्यस क्षेत्रमा भारी हिमपात भएको थियो र त्यहाँको तापक्रम माइनस ३ दशमलब ८ डिग्री रहेको थियो । सोमा आफ्ना ३ बर्षिय नातिनी र कुकुरको साथमा गाडिमा घुम्न निस्कँदा गाडी चिप्लिएर हिउँ जमेको सामुद्रिक तटमा खसेको थियो । उनीहरुलाई भोलिपल्ट दिउँसोतिर मात्र उद्धारमा खटेका समुहले भेटेर उद्धार गरेका थिए । स्मरण रहोस्, अधिकांश जापानीहरुले घरमा कुकुरलाई महत्वपूर्ण स्याहार सुसारका साथ पालेका हुन्छन् र आफ्नो परिवारको सदस्यको गणनामा आफूले पालेको कुकुरलाई पनि राखेका हुन्छन् ।

तपाईको प्रतिक्रिया