बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो –  नेपाली जनसम्पर्क समिति जापानले जापान भ्रमणको सिलसिलामा जापान आउनु भएका नेपाल बार एसोसियसनका अध्यक्ष प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा एक बृहत भेलाको आयोजना गरी “नेपालको वर्तमान परिस्थिति तथा संवैधानिक जटिलता” बिषयमा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिति जापानका कार्यबाहक अध्यक्ष पासाङ शेर्पाको सभापतित्वमा भएको उक्त कार्यक्रममा जापानस्थित विभिन्न संघ संस्थाका महानुभावहरुको उपस्थिति रहेको थियो । संस्थाका महामन्त्री आनन्दबहादुर क्षेत्रीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापानका सल्लाहकार तथा महाधिवेशन प्रतिनिधि सुभाष लोहनी, नेपाली लोकतान्त्रिक मंच जापानका अध्यक्ष सिर्जना काफ्ले, नेपाल आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष ध्रुब भट्टचन, एनआरएन जापानका कार्यबहाक अध्यक्ष  चिरन्जिबी थापा लगायतका विभिन्न महानुभावहरुले देशको बिषम परिस्थितिका बारेमा मन्व्यत दिंदै नयां नेपाल निर्माणका  निमित्त नेपाल र नेपालीले गर्नुपर्ने काम कर्तब्य र जिम्मेवारीका बारेमा बोल्नुभएको थियो ।

मन्तब्य  दिने क्रममा नेपाली जनसम्पर्क समिति जापानका सल्लाहकार तथा महाधिवेशन प्रतिनिधि सुभाष लोहनीले देशमा ठूला ब्यबसायीहरुबाट भ्याट ट्याक्स छली जस्ता जघन्य अपराध भइरहेको तर्फ ईगिंत गर्दै त्यस्ता कार्यहरु तुरुन्त रोकिनुपर्ने र अन्य जघन्य  अपराध गर्ने अपराधीहरुलाई मृत्युदण्डको समेत ब्यवस्था लागु गर्दै जातियता संघियता आधारमा देश टुक्र्याउन नमिल्भने बिचार ब्योयक्त गर्नुभयो  ।

नेपाली लोकतान्त्रिक मंचका अध्यक्ष सिर्जना काफ्लेले जापानमा रहेका विभिन्न संघ संस्थाहरुले कार्यक्रम गर्ने क्रममा संघ संस्थाहरु मिलेर संयुक्त कार्यक्रम गरेमा फलदायी र प्रभावकारी हुने संकेत गर्दै महिला हिंसा बिरुद्दमा संचालन गरेको कार्यक्रममा सम्पूर्ण महिला तथा पुरुषले साथ दिई त्यसको अन्त्य गरी समृद्द परिवार, समाज र राष्ट्र निर्माण गर्ने कुरामा जोड दिनुभयो । त्यस्तै नेपाल आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष ध्रुब भट्टचनले हामी नवयुवाको नयां जोश र जांगरले देशलाई कानुनी राज्य निर्माण गरी बच्चा अपहरण, हत्य, हिंसा र आतंकको राजनीतिबाट माथि उठेर काम गर्नुपर्ने बताउनुभएको थियो ।

अन्तमा प्रमुख अतिथिको आसनबाट नेपाल बार एशोसियसनका अध्यक्ष तथा पापड नामक संस्थाका समेत अध्यक्ष रहनुभएका श्री प्रेमबहादुर खड्काले बिदेशमा बस्नुभएका तर नेपाली माटोप्रति माया र सदभाव देखाउनुहुने सम्पुर्ण नेपालीहरुलाई देश टुक्रिने, बर्बाद हुने प्रजातंत्र मासिने जस्ता कुरा र त्यसको रक्षार्थ सचेत नेपाली नागरिक र नेपाल बार एशोसियशन लडिरहेको र लडिरहने दृदता ब्य्क्ता गर्दै महिला हिंसा बिरुद्दमा आफु र आफ्नो संस्थाले आवाज वुलन्द गरीरहेको र नेपालमा जघन्य अपराध गर्नेलाई कडा कारबाही गर्ने ब्यबस्था कानुनमा भएको तर त्यसको उचित प्रयोग नभएको कुरा स्वीकार्दै अब आउदा दिनमा  कार्यान्वयन हुने दृढता ब्यक्त गर्दै नेपाल बार एशोसिशयनले कुनै पार्टीको  एजेण्डा नबोक्ने तर देशलाई बिखण्डन ल्याउन खोज्ने प्रति निरन्तर लडने प्रतिबद्दता जनाउनुभएको थियो ।

नेपाली जनसम्पर्क समिति जापानका केन्द्रिय सदस्य पिताम्वार चापागाई (पदमपाणि) ले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा कार्यक्रमका सभापति पासाङ शेर्पाले सम्पूर्ण जात जातिहरुको हक, हित र अधिकारलाई समेट्दै दलित, महिला बालबालिका र अन्य पिछडिएका बर्गको जिवन स्तर उकास्नका निमित्त आगामी संविधानमा विषेश व्यवस्था हुनुपर्ने कुरामा जोड दिंदै  उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापान गर्दै सभा विसर्जन गर्नुभएको थियो । +++

तपाईको प्रतिक्रिया