शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
टोकियो (जापान)– जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेशन (जिट्को)ले मागअनुसार जापानमा नेपाली कामदार पठाउन नसकेको भन्दै ४८ जनाको कोटा रद्द गरेको छ ।
फ्रेण्डसिप इन्टरनेशनल कम्पनीले ४८ जना कामदारको माग लगेको थियो । कम्पनीले वैदेशिक रोगजार विभागबाट श्रम स्वीकृत लिई छनोट सुरु गरे पनि समयमै कामदार नपठाएपछि कोटा रद्द भएको हो ।
कम्पनीले लगेको कोटा ३६ पुरुष र १२ महिलाको थियो । जिट्कोबाट कामदार पठाउन नेपाली कम्पनीहरुले सुरु गरेको दुई वर्षमा अहिलेसम्म १ सय ३१ कामदार जापान आएका छन् ।
यसैबीच जिट्कोका अधिकारीहरु तीन सातापछि पुनः नेपालमा कामदारको अध्ययन गर्न काठमाण्डू जाने श्रम मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया