शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
काठमाडौं- साहित्य सन्ध्याको ३०९ औँ नियमित मासिक कार्यक्रममा ‘डायस्पोरिक साहित्य’का बारेमा चर्चा गरिएको छ ।
समालोचक सहप्राध्यापक नेत्र एटमले आफ्नो मुलुक छाडेर विभिन्न कारणले राहदानी प्रवेशाज्ञाको व्यवस्था गरी अर्काे मुलुकमा गई बसोबास गर्ने र आˆनो भाषाशैली, रहनसहन तथा संस्कारसंस्कृति जोगाउँदै साहित्य सेवा गर्ने साहित्यकारका रचनालाई डायस्पोरिक साहित्य भनिने गरेको उल्लेख गर्दै विदेशमा बसेर डायस्पोरिक साहित्य रचना गर्ने स्रष्टाको योगदान उल्लेख्य रहेको बताउनुभयो ।
सन्ध्याका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले हरेक महिना कुनै समसामयिक विषयमा यस्तै खाले परिचर्चा गर्ने गरिरहेको जानकारी दिनुभयो । त्यस अवसरमा विभिन्न साहित्यकारले आआˆना रचना पाठ गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया