शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
टोकियो- जापानमा गत मार्च महिनामा महाभूकम्पबाट भएको फकुसिमा आणविक केन्द्रको वरपरको चामल बेच्न प्रतिबन्ध लगाउने तयारी भएको छ । सो क्षेत्रमा उत्पादन भएको चामलको विक्रीवितरणमा प्रतिबन्ध लाग्नसक्न स्थानीय अधिकारीहरुले जनाएका छन् ।
सो क्षेत्रमा उत्पादन भएको चामलमा रेडिोयोधर्मी विकीरण पाइने सम्भावना रहेकेाले सो क्षेत्रमा उत्पादित चामल विक्री नगर्नेसम्बन्धी निर्णय पनि सरकारले गर्नसक्ने बताइएको छ ।
सो महाभूकम्पपछि आणविक भट्टी फुट्दा त्यहाँबाट रेडियोधर्मी विकीरणहरु निस्किएको हुनसक्नेमा त्यसयतादेखि नै व्यापक रुपमा अनुसन्धान भईहरकेा छ ।
सो केन्द्रको वरिपरी कम्तीमा पनि २० किलोमीटर क्षेत्रमा सो विकीरणको प्रभाव रहेको भन्दै त्यहाँबाट मानववस्ती पनि हटाइएको छ ।
अहिले पाइएको एक अनुसन्धान प्रतिवेदनमा सो क्षेत्रमा रेडियोधर्मी विकीरणको मात्रा असर पर्ने तहको पाइएको बताइएको छ ।
एक समाचारअनुसार हालै पाइएको सो तथ्यबाट विशेषगरी सो क्षेत्रका किसानहरुलाई चिन्ता थप्ने छ र यसले उनीहरुलाई आगामी दिनमा गरिने खेतीमा पनि निरुत्साहित तुल्याउन पनि सक्छ ।
यसअघि सरकारले आणविक भट्टीमा भएको क्षतिका कारण हुनसक्ने खतराका लागि सुरक्षित मापदण्ड पनि अपनाएको बताएको थियो ।
हामीले सो क्षेत्रमा उत्पादन भएको धान चामलको निर्यात र किनबेचमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेका छौं- जापान सरकारका प्रमुख सचिव ओसामु फुजिमोराले जानकारी दिनुभयो ।
सो क्षेत्रका किसानहरुमा यस विषयमा चिन्ता बढेको पाइएकोले हामीले सो विषयको निर्णय जतिसक्यो चाँडै गर्ने भएका छौं । उहाँले बताउनुभयो ।
यसअघि पनि विभिन्न सामुदि्रक खाद्य पदार्थमा मात्र निर्यात र किनबेचमा प्रतिबन्ध लागेकोमा यसपटक भने खाद्यान्न बालीमा नै यस्तो प्रतिबन्ध लगाउने तयारी सरकारले गरेको जनाइएको छ ।
जापानी सञ्चारमाध्यमहरु लेख्छन्- यदि यसपटक भनिएजस्तै फुकुसिमा क्षेत्रमा धान र चामलमा प्रतिबन्ध लगायो भने जापानमा गएको भूकम्पछिको यो नै पहिलो पटक हुने छ ।
खानामा लगाइएको प्रतिबन्ध जापानका लागि यसअघिको पनि त्यति चिन्ताको विषय थिएन, तरपनि चामलमा नै प्रतिबन्ध लगाउनु भनेको भने जापानको लागि नराम्रो समाचार हो सर्वसाधारणको भनाइ छ ।
चामल जापानको एक प्रमुख खाद्यान्न मानिन्छ । अहिले पनि जापानका कैयौं घरहरुमा प्रमुख खाद्यान्न चामल नै हो ।

तपाईको प्रतिक्रिया