शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

ब्रुनाई – विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत गठित नेपाल सम्बन्धि सूचना सुधार कार्यदलले बुद्धको जन्मस्थल सच्चाउन सुझाव पठाएको छ ।

कार्यदलका संयोजक तथा वेलायतको लागि नेपालको पूर्व राजदुत मुरारीराज शर्मा र कार्यदल सदस्य डा. गोविन्दराज भट्टराईद्धारा हस्ताक्षरित सुझाव पत्रमा अहिंसावादी भगवान बुद्ध लुम्बीनी नेपालमा जन्मिएको र विश्व सम्पदा सूचिमा रहेको तथ्यलाई आधार मान्नु आग्रह गर्दै गलत जानकारी अविलम्ब सच्चाउन आग्रह गरिएको छ ।

साहित्य महासङ्घ लगायत अन्य सुझावहरु र फेसबुकमा प्राप्त सुझावहरुको आधारमा बुद्धको जन्मस्थल सच्चाउने प्रकृयामा म्युजियम लागिसकेको जानकारी समेत प्राप्त भएको छ ।

प्रत्येक बर्ष विश्वभरबाट ६० लाख पर्यटकले अवलोकन गर्ने लण्डनस्थित बृटिश म्युजियमको द डिर्पाटमेट अफ एसिया कक्ष अन्तर्गत द लाइफ अफ द बुद्ध शिर्षकमा बुद्ध भारतमा जन्मिएको भन्ने जानकारी रहेको थियो ।

तपाईको प्रतिक्रिया