शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
म हिंडेको बाटो छोटो होस्
म कुदेको लक्ष्य नजिकै होस्
किनभने मेरी कान्छी यती बेला
म हिंडेको बाटोमा
म कतै देखुन्छु कि भनी हेर्दाइ होली
मेरी कान्छी यतिबेला
मैले सो  चे को लक्ष्यमा
म पुगे कि भनी
अनुमान लगाउुदै होली।
त्तर किन त्यस्तो हुन्थ्यो र!
म त धेरै लामो बाटो पो हिंड्न पुगे
खोलाको डिलैमा उुभिएर
मेरी कान्छीले कती नापी होली मेरो पद चाप
त्तर किन स हज हुन्थ्यो र!
बारीको छेउनेर उभिएर कती बि ताई होली समय
मेरी कान्छीले सम्झदै मेरो बाङो तिङो लक्ष्य।
मेरो नमिलेको जिउुडाल मा
मेरो नकोरेको कपाल मा
खै के जादु थियो र त्यस्तो?
तर यसैमा मेरी कान्छीले
एउटा मायाको फुलबारी भेटी
कालो,डरलाग्दो,मैलो मान्छेसित
मेरी कान्छीले हासी हासी माया टासी
र मुग्लान म लाग्दा
मेरी कान्छी धेरै कहालीइ।
अब म उुडेको बादल माथि माथि जानुको सट्टा
तल तल झरोस
म उुडेको कुहिरो आकाश मा
मडारी रहनुको सट्टा बरु
तल भुइ सम्म आओस
र मेरी कान्छीले मेरो झुप्रोघरबाट
सजिलै देखोस् मेरो ख्याउुटे अनुहार।
म हिंडेको बाटो……
दमक, झापा
हाल: अबुधाबि

तपाईको प्रतिक्रिया