शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं- डाक्टरले डेलिभरी डेट दिएको अघिल्लै दिन नायिका अरुणिमा लम्सालले मंगलबार राति नै छोरी जन्माएकी छन् । पेट दुखेपछी अस्पताल भर्ना भएकी लम्सालले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् ।
भिडियो एक्सरे गरेका कारण डेलिभरी हुनु अघि नै छोरी जन्माउने जानकारी पाएकी लम्सालले मंगलबार राति पौने आठ बजे पहिलो सन्तानलाई जन्म दिएकी हुन् । थापाथलीमा रहेको नर्भिक अस्पतालमा उनको नर्मल डेलिभरी भएको थियो ।
उनकी छोरी २।१ केजीको रहेको जानकारी दिइएको छ । नायिका सञ्चिता लुर्इँटेल बाहेक प्राय चलचित्रकर्मीहरूको पहिलो सन्तान छोरी नै भइरहेको अवस्थामा अरूणिमाले पनि त्यो निरन्तरता दिएकी हुन् ।

तपाईको प्रतिक्रिया