बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाण्डौं- पपस्टार माइकल ज्याक्सनको मृत्यु हुनुमा उहाँका निजी चिकित्सक दोषी पाइएको छ । लस एन्ज्लसस्थित एक अदालतले डा. कोन्राड मरेलाई माइकल ज्याक्सनको मृत्युमा दोषी ठहर गरेको छ ।
डा. मरेले ज्याक्सनलाई धेरै प्रोपोफोल औषधि खुबाएको ठहर अदालतले गरेपनि उहाँका वकिलले भने ज्याक्सनले डाक्टर नभएको बेला आफै औषधि खाएको दाबी गरेका छन् । ज्याक्सनको मृत्युमा दोषी पाइएपछि अब ५८ वर्षीय डा. कोनराड मरेलाई ४ वर्ष कैद सजाय तथा चिकित्सक लाइसेन्स खारेज हुनसक्ने  छ ।
औषधिको अत्याधिक सेवनका कारण ज्याक्सनको सन् २००९ को जून २५ मा ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया