शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको सातौं अधिवेशन आइतबार टोकियोमा सम्पन्न भएको छ । नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको सातौं अधिवेशनले अध्यक्षमा प्रकाश पौडेल ‘माइला’ लाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

त्यसैगरी नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुष्करजंग थापा, महासचिवमा देवीबहादुर इङनाम, सचिवमा धिषण निरौला, सहसचिवमा शशि बिक, कोषाध्यक्षमा यसोदा वस्नेत थापा चयन हुनुभएको छ । सदस्यहरुमा सन्देश पोखरेल, छक्कु उदासी, भिष्म सुबेदी, कृष्ण के. श्रेष्ठ ‘काल्र्स’, राजेन्द्र जमरकट्टेल, कुमार डल्लाकोटी, सन्दिप ढुंगाना, चैतन्य अधिकारी, बिष्णु घिमिरे, श्रवण सत्याल, पेम्बा लामा, रामकृष्णबम मल्ल, रामजंग कार्की, राजेन्द्र थापा र जानु खड्का चयन हुनभएको छ ।

सातौ अधिबेशनको निर्वाचन कमिटी संयोजक बेलु थापाले यसअघि भएको बन्दसत्रले सर्बसम्मतरुपमा चयन गरेको अनेसास जापानको नयाँ कार्य समितिको नामावलीको घोषणा गर्नुभएको थियो ।

त्यसपछि सातौं अधिवेशन तथा लक्ष्मी जयन्तीको औपचारिक कार्यक्रम भएको थियो । अनेसास जापानका अध्यक्ष दिनेशराज ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा साहित्यकार तथा जापा प्रमुख डा. दुबसु क्षेत्री, बिशेष अतिथिका रुपमा एनआरएनका कोषाध्यक्ष भवन भट्ट र अतिथिकारुपमा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेत र अनेसास जापानका पूर्व अध्यक्ष बेलु थापा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको संचालन पुष्करजंग थापा र स्वागत शशि बिकले गर्नुभएको थियो । निबर्तमान महासचिब पुस्करजंग थापाले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष यसोदा बस्नेत थापाले आर्थिक विवरण सार्वजनिक गर्नु भएको थियो ।

बिशेष अतिथिको रुपमा उपस्थित भबन भट्टको प्रस्तुतिले कार्यक्रमको रौनकता निकै नै बढाएको थियो । उहाँले विदेशमा हुने साहित्यिक कार्यक्रम आफैमा महत्त्वपूर्ण हुने बताउँदै अनेसास जापानले गर्दै आएको नियमित कार्यक्रमप्रति खुशी ब्यक्त गर्नुभयो । अतिथिको आशनबाट बोल्दै डा. कुमार बस्नेतले आफु कुनै ठूलो साहित्यकार नभए पनि साहित्यलाई माया गर्दै यसको प्रबर्धनमा नियमित लागि परेको बताउनुभयो ।

यस्तै अनेसास जापानका पूर्व अध्यक्ष बेलु थापाले केहि वर्ष अगाडी मात्रै वर्षको एउटा साहित्यिक कार्यक्रमको आयोजना गर्न मुस्किल पर्ने सन्दर्भ जोड्दै अहिलेको दिनमा त्यस्तो अबस्था नरहेको बताउनुभयो ।
कार्यक्रममा प्रबासी पत्रकार सञ्जालका नवनिर्वाचित अध्यक्ष भूषण घिमिरे, थकाली सेवा समितिका अध्यक्ष शरदकुमार गौचन, एनआरएन जापानको तर्फबाट देवीलाल भण्डारी, पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, अन्तरराष्यट्रिय नेपाली समाज जापानका माहासचिब अर्जुन अधिकारि तथा नेपाली ब्यबसायी अनोज शाक्यले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बिभिन्न स्रष्टाहरुले आ-आफ्ना रचना पनि बाचन गर्नुभएको थियो । यसरी रचना बाचन गर्नेहरुमा केशब थापा (कबिता), रामजंग कार्की (गजल), अर्जुन अधिकारी (कबिता), पुस्करजंग थापा (कविता), शशि बिक (यात्रा कबिता), सुस्मा ओमाता (कबिता), देबीबहादुर इङनाम (कबिता), प्रकाश पौडेल माइला (गजल र हाइकु), पिताम्बर चापागाई, पद पाणि (कबिता, मुक्तक र हाइकु), चैतन्य अधिकारी (कबिता), देविलाल भण्डारी (कबिता), डा. कुमार बस्नेत (कबिता), भबन भट्ट (कबिता र क्यारिकेचर) रहनुभएको थियो ।

यसैगरी कार्यक्रममा अनेसास जापानका सल्लाहकार तथा बरिष्ठ साहित्यकार डा. दुबसु क्षेत्रीलाई बिदाइ तथा बधाई  समेत गरिएको थियो । आफ्नो ४ बर्षे  कार्यकाल सम्पन्न गरी नेपाल फर्कने तयारीमा रहनुभएका क्षेत्रीलाई अनेसास जापानका  अध्यक्ष दिनेशराज ज्ञवालीले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने अन्य अतिथिहरुले उपहार प्रदान गर्नुभएको थियो ।

सभापतिको आसनबाट बोल्दै निवर्तमान अध्यक्ष दिनेशराज ज्ञवालीले आफ्नो नेतृत्त्वमा रहेको कार्य समितिमा रहेर काम गर्नुहुने सम्पूर्ण साथीहरुलाई धन्यबाद व्यक्त गर्दै नयाँ कार्यसमितिलाई सफलताको कामना ब्यक्त गर्नु भएको थियो ।

हेर्नुहोस् फोटो फिचर

तपाईको प्रतिक्रिया