शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
काठमाण्डौ- महानायक राजेश हमालमाथि आइतबार नवलपरासीकी ३५ वर्षीया महिला प्रहरी हबल्दार बालकुमारी अधिकारीले आफू महानायकको श्रीमती र तीन सन्तानको आमा भएको भन्दै  महानगरीय प्रहरी परिसर हनुमान ढोकामा उजुरी दिएकी छिन् ।
२०५२ साल बैशाख दुई गते राजेश हमालले आफूसंग प्रेम विवाह गरेको भन्दै ती महिलाले अंश सहित श्रीमान पाउँ भन्दै हनुमान ढोकामा उजुरी दिने प्रयास गरिन् जुन असफल भयो । अंश मुद्धा सहित उजुरी दिन एक्लै काठमाण्डू आएकी बालकुमारीलाई हनुमान ढोकामा अंश सहितको उजुरी दर्ता नहुने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौ रिफर गरिएको छ ।
हमालले भने- बालकुमारीलाई  म चिन्दिन र आफ्नो विहे भएको र बच्चा बच्चि समेत भएको कुरा वाहियात भएको बताउँदै भने, ‘म आफ्नै बारेमा आफैलाई थाहा छैन । ‘
उनले १०, ७ र ५ वर्षका  आफ्ना तीन छोरीहरुलाई बाबुको अधिकार समेत दिलाई छाड्ने अठोट ब्यक्त गरेकी छिन् ।
 बालकुमारी हाल जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत छिन् ।
हनुमान ढोकाका प्रहरी नायव उपरिक्षक अरुण कुमार बि सीले भने ती महिलाको मानसिक सन्तुलन ठीक नभएको भन्दै यस्ता उजुरीलाई ठूलो रुपले हेर्न नहुने बताए । ती महिला हेर्दा साधारण परिवारको जस्तो देखिन्थीन् ।
बालकुमारीले राजेश हमालसंग विगत १८ बर्षदेखि चिनजान रहेको दावी गरेकी छिन् ।

तपाईको प्रतिक्रिया