बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – सरकारले व्यावसायिक योजना स्वीकृत गरेपछि ऋणमुक्ति योजनाअन्तर्गत टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले ९ सय अर्ब येन अर्थात् ११ अर्ब ५० करोड अमेरिकी डलर प्राप्त गर्ने भएको छ । मार्च ११ को भूकम्प र सुनामीपछि विस्फोट भएको फुकुसिमा दाइइची आणविक भट्टी टेप्कोले सञ्चालन गर्दै आएको थियो ।

यो कोष टेप्कोका लागि सरकारी ऋणमुक्ति योजनाको एक अंशका रूपमा रहेको छ । यो कम्पनीले ६२७ अर्ब येनभन्दा बढी घाटा बेहोरेको जानकारी गराइएको छ । परमाणु भट्टी विस्फोट भएपछि चुहिएको विकिरणबाट प्रभावितहरूलाई कम्पनीले क्षतिपूर्तिस्वरूप १ खर्ब अमेरिकी डलर तिर्नुपर्ने भएको छ ।

विकिरण चुहावट भएपछि फुकुसिमा दाइइची परमाणु भट्टीको २० किलोमिटर वरपरका ८० हजार मानिस घर छोड्न र आफ्नो व्यवसाय बन्द गर्न बाध्य भएका थिए । टेप्कोले अप्रिलदेखि सेप्टेम्बरको ६ महिनाको अवधिमा ६ सय २७ अर्ब येन घाटा बेहोरेको थियो । फुकुसिमामा देखिएको संकट समाधान गर्न लागेको खर्चका कारण यो घाटा बेहोरेको हो । घाटाको यो तथ्यांक गत वर्षको समान अवधिको ९२.३ अर्ब येनको खुद नाफाको तुलनामा हो ।

“मैले टेप्को र ऋणमुक्ति कोषलाई क्षतिपूर्ति र पूर्ण पुनसंरचनाको काम संवेदनशील भएर कार्यान्वयन गर्नका लागि आग्रह गरेको छु,” जापानका व्यापार मन्त्री युकिओ एदानोले बताए ।

घाटा र दाबीमा परेको क्षतिपूर्तिले कम्पनीको दीर्घकालीन स्थायित्वप्रति चिन्ता बढाएको छ, जसले कम्पनीलाई ऋणमुक्तिको सहयोग दिन सरकारलाई प्रोत्साहित गरेको छ ।

पीडितहरूलाई क्षतिपूर्ति दिन र सञ्चालन कायमै राख्न सरकारले टेप्कोका लागि विशेष कोष स्थापना गरेको छ ।

यद्यपि कोष प्राप्तिका लागि कम्पनीले भावी दिनको रणनीति कस्तो बनाएको छ भन्ने कुरा संकेत गर्ने किसिमबाट व्यावसायिक योजना दर्ता गर्न सरकारले आग्रह गरेको छ ।

“मैले टेप्को र ऋणमुक्ति कोषलाई क्षतिपूर्ति र पुननिर्माणको कामलाई तदारूकताका साथ कार्यान्वयन गर्न आह्वान गरेको छु । उनीहरूले यो कार्य जापानी नागरिकबाट विशाल परिमाणमा ऋण लिइरहेका छन् भन्ने हेक्का राखी गर्नु आवश्यक छ,” जापानका व्यापारमन्त्री युकिओ एदानोले बताए ।

कम्पनीले गत साता मात्रै प्रस्ताव दर्ता गरेको थियो । आगामी १० वर्षको अवधिमा झन्डै २५ खर्ब येन कटौती गर्ने बताउँदै कम्पनीले उक्त प्रस्ताव दर्ता गरेको हो ।+++

तपाईको प्रतिक्रिया